अमेरिकाविरुद्धको एकदिवसिय खेलमा नेपालको कमजोर ब्याटिङ फेरी दोहोरिएको छ ।
दुई सय ४६ रनको लक्ष्य पक्ष्याएको नेपालको ब्याटिङ सुरुवात देखि नै कमजोर बन्यो । मात्र १७ रन हुँदा नेपालले पहिलो विकेट गुमायो । ओपनर कुशल भुर्तेल मात्र १० रनमा आउट भए ।
त्यसपछि नेपालको स्कोरबोर्डमा ३८ रन हुँदा दोस्रो विकेट झर्यो । आशिफ शेख ब्यक्तिगत १८ रनमा आउट भए । उनले १५ बलमा तीन चौका प्रहार गरेका थिए ।
त्यसपछि रोहित पौडेल १६ रनमा आउट भएपछि नेपालको स्कोर ६९ रन थियो । नेपालका मध्यक्रमका कुनैपनि खेलाडीबिच दरिलो साझेदारी हुन सकेन । नेपालले ८८ रन बनाउँदा चौथो विकेट गुमायो ।
राम्रो लयमा देखिएका देभ खनाल ३४ रनमा रनआउट भएपछि नेपाल दबाबमा परेको थियो । त्यसपछि दिपेन्द्रसिंह ऐरीपनि मात्र सात रनमा आउट भएपछि नेपालले ९३ रनमा पाँचौं विकेट गुमायो ।