ओमानबाट नेपालले पायो एक सय ६४ रनको लक्ष्य, करणको ५ विकेट

  • Image नेप्लेज
  • १ असार २०७९, बुधवार
  • 883 पटक हेरिएको
ओमानबाट नेपालले पायो एक सय ६४ रनको लक्ष्य, करणको ५ विकेट

करण केसीले पाँच विकेट लिएपछि आइसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले एक सय ६४ रनको लक्ष्य पाएको छ ।  

ह्युस्टनस्थित मौसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६ ओभर पाँच बलमा एक सय ६३ रन बनायो । खराब सुरुवात गरेको ओमानको स्कोर मात्र ११ रन हुँदा नेपालले पहिलो विकेट लिन सफल भयो ।

ओपनर कश्यपकुमार प्रजापतीर्ला करण केसीले बोल्ड गरे । त्यसपछि क्रिजमा आएका सोयब खानलाई पनि करणले नै डेभ खनालको हातबाट क्याच आउट गराएपछि नेपालले दोस्रो सफलता हात पार्यो । सोयबपनि मात्र दुई रनमा आउट भए । जसका कारण ओमानले १५ रनमा दोस्रो विकेट खेर फाल्यो । 

ओमानको पारीलाई सम्हाल्ने प्रयास गरेका जतिन्दर सिंहलाई सन्दिपले ब्यक्तिगत २३ रनमा आउट गरेपछि ओमानको पारी सुरुवातमा नै दबाबमा आएको थियो । जतिन्दर आउट हुँदा ओमानको स्कोर ४० रन थियो । 

ओमानले त्यसपछि स्कोरबोर्डमा अरु १९ रन थप्दा बाँकी दुई विकेट गुमायो । जसमा आयान खानले खाता खोल्न सकेनन् भने खवार अली मात्र एक रनमा आउट भए । दुबै विकेट सन्दिपले लिएका थिए । जसका कारण ओमानले ४९ रन हुँदा पाँच विकेट खेर फालेको थियो । 

ओमानको पारिलाई कप्तान जिसन मक्सुद र सन्दिप गोउडले सम्हालेका थिए । जसमा उनीहरुले छैटौं विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए । जसमा कप्तान जिसन मस्कुदले ५२ रन बनाए । उनले एक सय एक बलमा तीन चौकाको मद्दतले अर्धशतकीय पारी खेले । तर दिपेन्द्रसिंह ऐरीको बलमा आउट भएपछि ओमानले एक सय ३२ रनमा छैटौं विकेट गुमायो । 

त्यसपछि सन्दिपपनि ४७ रनमा करण केसीले सन्दिप लामिछानेको हातबाट क्याच आउट गराएपछि ओमानको एक सय ४६ रनमा सातौं विकेट गुमायो । ओमानको स्कोर एक सय ५७ रन हुँदा आठौं विकेट झरेको थियो । उसका मुहम्मद नसिम ब्यक्तिगत १० रनमा आउट भए । कलिम उल्लाहलाई पनि करणले ब्यक्तिगत एक रनमा आउट गर्दै पेभेलियन फर्काए । 

बलिङमा करण केसीले पाँच विकेट लिए । उनले नौं ओभरमा ३३ रन खर्चएर पाँच विकेट लिन सफल भए भने सन्दिप लामिछानेले तीन विकेट लिए । 

सम्बन्धित खबर