च्याम्पियन्स लिग फाइनल: ४० हजार लिभरपुलका समर्थक पेरिसमा, ६२ डलर पर्ने टिकटको १८०० डलरसम्म

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०२-१४
  • |
  • 1266 पटक हेरिएको

च्याम्पियन्स लिगको फाइनल हेर्नका लागि दुबै टिमका समर्थक पेरिस पुगिसकेका छन ।

युरोपियन फुटबल महासंघले दुबै क्लबलाई २०–२० हजार टिकट बिक्रिका लागि दिएको थियो ।

तर पेरिसका सडकमा लिभरपुलका समर्थकको भिड नै लागेको छ । यतिमात्र होइन, ४० हजार लिभरपुलका समर्थक पेरिस पुगेका छन । 

८१ हजार दर्शकक्षमता रहेको परिसको रंगशालामा फाइनल खेल हेर्नका लागि टिकटमा पनि कालोबजारी भइरहेको छ ।

६२ डलर मुल्य पर्ने टिकटमा समर्थकले १८०० डलरसम्म खर्च गरेका छन । 

युरोपियन फुटबल महासंघले सुरुवातमा च्याम्पियन्स लिगको फाइनल रसियाको सेन्ट पिटर्सबर्गमा गर्ने निधो गरेको थियो ।

तर रसियाले युक्रेनमाथि गरेको आक्रमणका कारण अन्तिममा फाइनल हुने स्थान परिवर्तन गरिएको थियो । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey