नेपालले टिमोर लिस्टेसँग खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०२-१४
  • |
  • 1117 पटक हेरिएको

आसन्न एसियन कप छनोटका तयारीका लागि कतारको दोहामा पुगेको नेपाली राष्ट्रिय फुटबल टिमले आज टिमोर लिस्टेसँग मैत्रीपुर्ण खेल खेल्दैछ । 

दोहा स्थित ग्राण्ड हमाद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती पौने १० बजेबाट सुरु हुनेछ । 

कुवेतमा हुने एसियन कप छनोट खेल्न जान अगाडी नेपाली टिमले दोहामा करिव एक साताको प्रशिक्षण क्याम्प राख्नेछ । जस अन्तर्गत नेपालले टिमोर लिस्टे र ओमानसँग दुई मैत्रीपुर्ण खेल खेल्न लागेको हो । 

जस अन्तर्गत नेपालले पहिलो खेल टिमोर लिस्टेसँग खेल्दैछ । नवयुग श्रेष्ठको कप्तानीमा नेपाली टिमले पहिलो पटक खेल्न लागेको हो । यो पटक नेपाली टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ । जसका कारणपनि नेपाली टिमका लागि टिमोर लिस्टेविरुद्ध चुनौती राम्रो हुने देखिएको छ । 

यसअघि भएका तीन भिडन्तमा नेपालले दुईमा जित र एक बराबरी खेलेको थियो । नेपालले टिमोर लिच्टेसँग सात बर्षपछि खेल्न लागेको हो । अन्तिमपटक नेपालले सन् २०१६ को नोभेम्बर ५ मा खेलेको थियो । जसमा गोलरहित बराबरी भएको थियो । 

नेपालले दोस्रो खेल जेठ २० गते ओमानसँग खेल्नेछ । पछिल्लो पटक नेपालले ओमानसँग साफ च्याम्पियनसिप अगाडी मैत्रीपुर्ण खेल खेल्दा सात दुईले हारेका थिए । यो पटक विवादका कारण नेपाली टिममा अनुभवी खेलाडी रहेका छैनन् । जसका कारण युवा खेलाडीको कमजोरीलाई यी दुई मेत्रीपुर्ण खेलमा देखिनेछ । 

कतारमा प्रशिक्षण क्याम्पपछि नेपाली टिम एसियन कप छनोटका लागि कुवेत जानेछ । जसमा नेपाल समुह ए मा रहेको छ । नेपालले पहिलो खेल जुन आठमा जोर्डनसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतसँग र अन्तिम खेलमा जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ । 

नेपाली फुटबल टिम 

गोलकिपर:दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा

डिफेन्डर:विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डर:आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी

फरवार्ड:आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ (कप्तान)

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey