पृथु र बसन्तले नेपालविरुद्ध क्रिकेट खेल्ने 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०२-०९
  • |
  • 10101 पटक हेरिएको

आईसीसी विश्वकप लिग टू क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमले ओमान र अमेरिकासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दै छ।

अमेरिकामा हुने यो सिरिजका लागि नेपाली टिमले तयारी पनि गरिरहेको छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिमले अमेरिकामा त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्नु अघि त्यहाँ २ वटा अभ्यास म्याच खेल्ने भएको छ। नेपाली टिमले अमेरिकामा नेपाली अल स्टार क्रिकेट क्लबसँग खेल्ने छ भने अर्को खेल एमसीएल क्लब हुस्टन हुरिकेन्ससँग खेल्ने छ। 

पूर्व नेपाली खेलाडीहरुको क्लबको रुपमा रहेको नेपाली अल स्टार क्रिकेट क्लबबाट यसअघि नेपाली राष्ट्रिय टिमबाट खेलेका खेलाडीले खेल्ने छन्। नेपालका २ जना पूर्व खेलाडी बसन्त रेग्मी र पृथु वास्कोटाले नेपालविरुद्ध खेल्ने गरी अलस्टारले टिम घोषणा गरेको छ।

यसैगरी टिममा न्यूजिल्याण्डका अलराउन्डर कोरी एन्डरसन  पनि रहने छन्। नेपाली टिमले अलस्टारसँग जुन २ तारिखमा एक दिवसीय खेल्ने छ।  हुस्टन हुरिकेन्ससँग जुन ४ तारिखमा खेल हुने छ।


नेपालविरुद्ध खेल्ने अलस्टारको टिम यसप्रकार रहेको छ।

May be an image of one or more people, people standing and text

No description available.

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey