राजस्थान आइपीएलको प्लेअफमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०२-०७
  • |
  • 992 पटक हेरिएको

राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेन्नेई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान अन्तिम चारमा पुग्न सफल भयो । 

मुम्बईमा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नेईले २० ओभरमा ६ विकेट गुमाएर एक सय ५० रन बनाएको थियो ।

उसका लागि मोइन अलीले ९३ रन पारी खेले भने कप्तान महेन्द्र सिंह धोनीले २६ तथा डेभोन कोन्वेले १६ रन जोडे ।

बलिङमा राजस्थानका युज्भेन्द्र चाहल र ओबेड म्याककोएले २-२ विकेट लिए ।

जवाफमा राजस्थानले १९ ओभर ४ बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । 

राजस्थानको जितमा यासभी जैसवालले ५९ रन बनाए भने रविचन्द्र आश्विनले अविजित ४० रन जोडे । यस्तै कप्तान सन्जु सामसनले १५ रनको योगदान गरे । बलिङमा चेन्नेईका प्रशान्त सोलान्कीले दुई विकेट लिए ।

राजस्थान सन् २०१८ पछि पहिलो पटक प्ले अफमा पुगेको हो ।

अब राजस्थानले पहिलो क्वालिफायरमा गुजरातसँग खेल्नेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey