भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक राहुल द्रविड सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गर्ने सम्भावना रहेको जनाइएको छ।
तर यस विषयमा भाजपा र उनै द्रविडले पनि आधिकारीकरुपमा केही सार्वजनिक भने नगरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
उनी १२देखि १५ मेमा धर्मशालामा हुने भाजपाको युवा मोर्चाको नेशनल वर्किङ कमिटीको बैठकमा भने सहभागि हुने जनाइएको छ। तीन दिनसम्म चल्ने बैठकमा भाजपा अध्यक्ष जेपी नड्डा, हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुर र केन्द्रीय मन्त्री अनुराग ठाकुर पनि सहभागि हुने छन्।
बैठकमा देशभरबाट १३९ प्रतिनिधिले भाग लिने बताइएको छ। वर्किङ कमिटीको बैठकमा द्रविड सहभागी हुने बताउँदै युवाहरुलाई आकर्षित गर्नका लागि सहभागी गराउने लागिएको सञ्चारमाध्यमहरुले जनाएका छन्। यसै वर्षको अन्त्यमा हिमाञ्चल र अर्को वर्ष कर्नाटकमा विधान सभा चुनाव हुँदै छ।
द्रविड कर्णाटकसँग जोडिएका व्यक्ति हुन्। हिमाञ्चलमा ६८ र कर्नाटककमा २२४ सिटका लागि चुनाव हुने छ। अहिले पनि यी दुवै ठाउमा भाजपाको सरकार रहेको छ।