इटालियन सिरि ए फुटबलमा एसी मिलान पुनः शीर्ष स्थानमा उक्लिएको छ।
गयराति भएको खेलमा भेरोनामाथि ३–१ गोलको पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो।
एसी मिलान ३६ खेलबाट ८० अंकका साथ शीर्ष स्थानमा रहँदा समान खेलबाट इन्टर मिलान ७८ अंक जोड्दै दोस्रो स्थानमा छ।
भेरोनाले ३८ औं मिनेटमा डेभिड फारोनीले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त तेस्रो मिनटमा सान्ड्रो टोनालीले गोल गर्दै पहिलो हाफमा बराबरी गरेका थिए।
४९ औं मिनेटमा उनै सान्ड्रोले गोल गरेपछि एसी मिलानले अग्रता २–१ बनाएका थिए।
एलेसेन्ड्रो फ्लोरेन्जीले ८६ औं मिनेटमा गोल गर्दा एसी मिलान ३–१ गोलको जित दिलाउन सफल भए। पराजित भएको भेरोना ५२ अंकसहित नवौं स्थानमा छ।