इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल फेरि शीर्ष स्थानमा उक्लिएको छ ।
आज भएको खेलमा न्यूक्यासल युनाइटेडमाथि १–० गोल अन्तरको साँघुरो जित दर्ता गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
लिभरपुलले ३४ खेलबाट ८२ अंक बनाउँदा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ८० अंकरहेको छ ।
जसका कारण प्रिमियर लिगको उपाधि होड लिभरपुल र सिटीका बीचमा खुला रहेको छ ।
न्यूक्यासलको मैदानमा लिभरपुललाई जिताउनका लागि १९ औं मिनेटमा गएको गोल नै पर्याप्त बन्यो ।
लिभरपुलका लागि नेवि केइटाले डिएगो जोटाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
सोही अग्रता अन्तिमसम्म कायम राख्न सफल भयो । लगातार जित निकाल्दै आएको न्यूक्यासल यो खेलमा पराजित भएपछि ४३ अंकका साथ तालिकाको दशौं स्थानमा रहेको छ ।