नवजात छोरीसहित घर फर्किए रोनाल्डो र उनकी प्रेमिका

  • Image नेप्लेज
  • ९ वैशाख २०७९, शुक्रवार
  • 1628 पटक हेरिएको
नवजात छोरीसहित घर फर्किए रोनाल्डो र उनकी प्रेमिका

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो नयाँ छोरीका साथ घर फर्किएका छन्। बिहिबार राति उनले सोसियल मिडियामा तस्विर सार्वजनिक गर्दै नवजात छोरीका साथ अस्पतालबाट घर फर्किएका जनाएका छन्। 

प्रेमिका जोर्जिना रोड्रिगेजले जुम्ल्याहा बच्चालाई जन्म दिने क्रममा रोनाल्डोको छोराको भने निधन भएको थियो। जसका कारण उनी केहि दिन छुट्टीमा पनि बसेका थिए। 

तर छोरीको स्वास्थ्य अवस्था भने सामान्य रहेकाले उनलाई अस्पतालबाट घर लगिएको छ। सोमबार जोर्जिनाले अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन्। 

३७ बर्षे रोनाल्डोले आफ्नो इन्टाग्राममा तस्विर राखेका हुन्। रोनाल्डोका यसअघिका तीन बच्चा भने सरोगेट्सबाट जन्मिएका थिए। चार सय ३० मिलियन फलोअर्स रहेका रोनाल्डोले राखेको तस्विरलाई म्यानचेस्टर युनाइटेडले पनि सेयर गरेको थियो। 

रोनाल्डोले २०२१ को अक्टोबरमा आफु जुम्ल्याहा बच्चाको बुबा बन्न लागेको बताएका थिए। तर सोमबार उनले जुम्ल्याहामा एक बच्चाको निधन भएको र त्यो छोरा रहेको जनाएका थिए। 

सम्बन्धित खबर