गुजरातले पाँचौ जित निकाल्दा चेन्नेइको पाँचौ हार

  • Image नेप्लेज
  • ४ वैशाख २०७९, आइतवार
  • 1122 पटक हेरिएको
गुजरातले पाँचौ जित निकाल्दा चेन्नेइको पाँचौ हार

इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सले पाँचौं जित निकालेको छ । आइतबार राति भएको खेलमा गुजरात टाइटन्सले चेन्नेई सुपर किंग्सलाई तीन विकेटले हराएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नेईले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६९ रन बनायो । उसका लागि रुतुराज गाइकवाडले ७३ रन बनाए भने अम्बाती राइडुले ४६ तथा रविन्द्र जडेजाले २२ रन बनाए । यस्तै शिभंम दुबेले १९ रनको योगदान गरे । 

राम्रो सुरुवात गर्न नसेको चेन्नेईले सात रनमा पहिलो विकेट गुमाएको थियो भने ३२ रनमा दोस्रो विकेट खेर फालेको थियो । तर विचमा केहि राम्रो साझेदारी हुँदा उसले प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो । 

बलिङमा अल्जारी जोशेफले दुई विकेट लिए । 

जवाफमा गुजरातले १९ ओभर पाँच बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितका नायक डेविड वार्नर बने । उनले ५१ बलमा आठ चौंका र ६ छक्काको मद्दतले ९४ रन बनाए । 

उसले पनि सुरुवात भने राम्रो गर्न सकेन । मात्र एक रन हुँदा पहिलो विकेट गुमाएको जुगराजले दुई रन बनाउँदा दोस्रो र १६ रनमा तेस्रो विकेट गुमाएको थियो । त्यसपछि ५८ रन हुँदा चौथो विकेट गुमाएको उसले ८७ रनमा पाँचौं विकेट खेर फालेको थियो । 

तर त्यसपछि डेविड वार्नर र रासिद खानले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याएका थिए ।

१८ औं ओभरमा गुजरातले क्रिस जोर्डनको ओभरमा २५ रन जोडेको थियो । तर रासिद खान ४० रनमा आउट हुँदा गुजरातले पाँचौं विकेट गुमायो । उनले २१ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । 

तर १९ औं ओभरमा गुजरातले लगातार दुई विकेट गुमाउँदा केहि दबावमा आएको थियो । ड्वायन ब्राभोले रासिद र अल्जारी जोसेफलाई आउट गरेका थिए । 

यो जितसँगै शिर्ष स्थानमा रहेको गुजरातको ६ खेलमा १० अंक भएको छ । चेन्नेईको भने यो पाँचौं हार हो । लिगको पुछारबाट दोस्रो स्थानमा रहेको चेन्नेईको मात्र दुई अंक छ । 

 

सम्बन्धित खबर