म्यानचेस्टर युनाइटेडले लेस्टरसँग बराबरीमा चित्त बुझायो

  • Image नेप्लेज
  • २० चैत्र २०७८, आइतवार
  • 941 पटक हेरिएको
म्यानचेस्टर युनाइटेडले लेस्टरसँग बराबरीमा चित्त बुझायो

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग बराबरीमा चित्त बुझाएको छ । युनाइटेडले लेस्टर सिटीसँग एक एक गोलको बराबरीमा चित्त बुझायो ।

घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा लेस्टरले एक गोलको अग्रता जोगाउन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६३ औं मिनेटमा लेस्टरले खेलमा अग्रता बनाएको थियो । उसका लागि केलिची प्रोमिसले गोल गर्न सफल भए । 

तर ६६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई घरेलु मैदानमा बराबरीमा ल्याउन सफल भए । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना नै मैदानमा उत्रिएको युनाइटेडविरुद्ध लेस्टरले ८० औं मिनेटमा गोल गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन । जसका कारण लेस्टरले खेलमा अग्रता बनाउने उत्कृष्ट मौका खेर फाल्यो । 

पुरै खेलमा बल पोसेसन राम्रो बनाएपनि युनाइटेडले लेस्टरको भन्दा कम सट प्रहार गरेको थियो । 

खेलको अन्तिममा युनाइटेडले दबाब लिएपनि गोल गर्न सकेन । यो बराबरीपछि युनाइटेडले शिर्ष पाँचमा उक्लने मौका गुमाएको छ । युनाइटेडको ३० खेलमा ५० अंक भएको छ । लेस्टर सिटीको २८ खेलमा ३९ अंक छ । लेस्टर लिगको नवौं स्थानमा उक्लिएको छ । 

 

सम्बन्धित खबर