पञ्जाव र बैंग्लोरबीचको खेलमा ४१३ रन, नतिजा कसको पक्षमा ?

  • Image नेप्लेज
  • १३ चैत्र २०७८, आइतवार
  • 1492 पटक हेरिएको
पञ्जाव र बैंग्लोरबीचको खेलमा ४१३ रन, नतिजा कसको पक्षमा ?

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा एउटै खेलमा ४१३ रन बनेको छ । रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धातिर ओभरमा २ विकेट गुमाएर २०५ रन बनाएको थियो । जवाफमा पञ्जाव किंग्सले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०८ रन बनाउँदै ५ विकेटको जित पनि निकाल्न सफल भयो । 

टस हारेर पहिला ब्याटिङ गरेको बैंग्लोरले राम्रो सुरुवात गरेको थियो । पहिलो विकेटका लागि फाफ डूप्लेसिस र अनुज रावतले ५० रनको साझेदारी गरका थिए । पहिलो विकेटको रुपमा रावत २१ रन बनाएर आउट भएका थिए । यो साझेदारीलाई राहुल चाहरले तोडेका थिए । त्यसपछि विराट कोहली र डूप्लेसिसले पारि अघि बढाएका थिए । १७.१ ओभरमा टिमको स्कोर १६८ रन भएका बेला डूप्लेसिस आउट भए । उनी व्यक्तिगत ८८ रन बनाएर आउट भएका हुन् । उनले ७५ बल खेल्दा ७ छक्का र ३ चौका प्रहार गरे ।

त्यसपछि विराट कोहली र दिनेश कार्तिकले नटआउट पारि खेल्दै टिमको स्कोर २०५ रनमा पुर्‍याएर अन्त्य गरे । कोहली २९ बलमा  ४१ रन बनाउन सफल भ एभने कार्तिकले १४ बलमा ३२ रनको पारि खेले । बैंग्लोरले आफ्नो पारिमा कुल १३ छक्का प्रहार गर्दा ९ चौका प्रहार गरेको थियो ।

२०६ रनको विशाल लक्ष्य पछ्याएको पञ्जावका लागि शिखर धवन र मयंक अग्रवालले पहिलो विकेटका लागि उत्कृष्ट सुरुवात गरेका थिए । ७१ रन भएका बेला मयंक अग्रवाल ३२ रन बनाएर पभेलियन फर्किए । २४ बल फेस गर्दा २ चौका र २ छक्का प्रहार गरे ।

दोस्रो विकेटको रुपमा टिमको स्कोर ११८ रन भएका बेला शिखर धवन आउट हुन पुगे । धवनले २९ बलमा ४३ रन बनाए । उनले १ छक्का र ५ चौका प्रहार गरेका थिए । तेस्रो विकेटको रुपमा भानुका राजपाक्ष आउट भएका थिए । राजपाक्ष २२ बलमा ४३ रनको विस्फोटक पारि खेल्दा ४ छक्का र २ चौका प्रहार गरे ।

त्यसपछि क्रिजमा आएका राज बावा आउट भएपछि लगातार २ विकेट गुमाएको थियो । त्यसपछि मोहम्द सारुख खान २४ र ओडेन स्मिथ २५ रनमा नटआउट रहँदै २०५ रनको विशाल लक्ष्य चेस गर्न पञ्जाव सफल भयो । खानले २० बल खेल्दा २ छक्का र १ चौका प्रहार गरे भने स्मिथले ८ बल खेल्दा २५ रन बनाए । उनले ३ छक्का र १ चौका प्रहार गरे । बैंग्लोरका मोहम्द सिराजले २  विकेट हात पारे । 

सम्बन्धित खबर