वेस्टइन्डिजविरुद्धको टी २० सिरिज भारतले क्लिनस्वीप गरेको छ । तेस्रो तथा अन्तिम टी २० मा १७ रनको जित दर्ता गरेको भारतले सिरिज क्लिनस्वीप गरेको हो ।
यो जितपछि भारत आईसीसी टी २० वरियताको शीर्ष स्थानमा पनि उक्लिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८४ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले ३१ ब्लमा ६५ रनको विस्फोटक पारि खेलेका थिए ।
उनको यो चौथो अर्धशतक हो । यस्तै बैंकटेस अय्यर १९ बलमा ३५ रनमा नटआउट रहँदा सूर्यकुमारबीच पाँचौ विकेटका लागि ३७ बलममा ९१ रनको साझेदारी गरेका थिए । रोहित शर्मा ७ रन बनाएर आउट हुँदा भारतको स्कोर ४–९३ को अवस्थामा रहेको थियो ।
सूर्यकुमार र बैंकटेसले धुवाधार पारि खेलेका थिए । वेस्टइन्डिजका लागि जेसन होल्डर, रोमारियो शेफर्ड, रोस्टन चेज, हेडन वाल्स र डोमिनिक ड्रेक्सले एक एक विकेट लिए । १८५ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६७ रन बनाएको थियो ।
वेस्टइन्डिजका लागि निकोलस पुरनले ४७ बलमा ६१ रन बनाउँदा रोमारियो शेफर्डले २१ ब्लमा २९ रन बनाए । भारतका दीपक चाहरले २ विकेट लिँदा हर्षल पटेलले ३ विकेट हात पारेका थिए ।