चेल्सीसँगकाे फाइनल खेलका लागि जोटालाई फिट हुन दबाव

  • Image नेप्लेज
  • ६ फाल्गुण २०७८, शुक्रवार
  • 1061 पटक हेरिएको
चेल्सीसँगकाे फाइनल खेलका लागि जोटालाई फिट हुन दबाव

हाइलाइट्स

  • लिभरपुलका डिएगो जोटालाई भने फिट हुन ठूलो दबाव छ । 

लिभरपुलले कारबाओ कपको उपाधिका लागि फेब्रेवरी २७ मा चेल्सीसँग खेल्दैछ । तर सो खेलका लागि लिभरपुलका डिएगो जोटालाई भने फिट हुन ठूलो दबाव छ । 

च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानविरुद्धको खेलमा दुई शुन्यको जित निकाल्दा जोटोको एंकलमा चोट लागेको थियो । जसका कारण उनी दोस्रो हाफमा सब्सिच्युट भएका थिए । उनको स्थानमा रोबेर्टो फेरमिन्हो मैदान प्रवेश गरेका थिए । 

च्याम्पियन्स लिगमा जित निकालेपछि लिभरपुल एक दिन मिलानमा नै बसेको थियो । अरु समयमा लिभरपुल खेल सकिएपछि आफ्नो क्लव फर्किने गरेको थियो । जोटाले मिलानमा नै आफ्नो चोटको स्क्यान गरेका थिए । तर उनको रिपोर्टमा लिगाभेन्टमा चोट लागेको देखिएको छ । 

उनी फिट भएर खेल्न नसक्ने भएपछि लिभरपुलले उनलाई टिमबाट बाहिर नराख्ने बताइएको छ । फेब्रेवरी २७ मा वेम्ब्लेमा हुने सो खेलकालागि लिभरपुललाई बढि दबाव रहेको छ । 

यो चेल्सीसँगको खेलमा जोटा खेल्न नसकेको खण्डमा पोर्टोबाट ३७ दशमलव ५ मिलियन पाउण्डमा अनुबन्ध भएका लुइस डियाजलाई मौका हुनेछ । उनी इन्टर मिलानविरुद्धको खेलमा पनि अन्तिम ३० मिनेट मैदानमा उत्रिएका थिए । 

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment