संकटाविरुद्ध मच्छिन्द्र पहिलाे हाफमा एक शुन्यले अगाडि

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-१०-१०
  • |
  • 1673 पटक हेरिएको

आहा रारा गोल्डकपको क्वाटरफाइनलमा अहिले साविक विजेता संकटा क्लव र ए डिभिजन लिग लिडर मच्छिन्द्रविच प्रतिस्पर्धा भइरहेको छ । 

पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा मच्छिन्द्र एक शुन्यले अगाडी रहेको छ । 

१३ औं मिनेटमा मच्छिन्द्रले खेलमा अग्रता बनायो । उसका लागि पहिलो पटक मच्छिन्द्रका लागि सुरुवाती ११ मा खेलिरहेका उत्सव राईले गोल गर्न सफल भए । उनले डिबक्स भन्दा बाहिरबाट गरेको प्रहार संकटाका गोलकिपर राजाबाबुले बचाउन सकेनन् । 

२४ औं मिनेटमा संकटाका फेडे फोफानाको पासमा ग्लोरीले राम्रो अवसर खेर फाले । उनको प्रहारलाई मच्छिन्द्रका डिफेन्डरले बचाए । 

२७ औं मिनेटमा मच्छिन्द्रका रेजिन शुब्बाको उत्कृष्ट प्रहारलाई संकटाका गोलकिपर राजाबाबुले बचाए । 

त्यसपछि पनि मच्छिन्द्रले मौका पाएपनि गोल गर्न सकेन । जसका कारण पहिलो हाफमा एक गोलको अग्रता बनाउन सफल भयो । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey