सिटीसँग दुरी घटाउदै चेल्सी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-१०-१०
  • |
  • 897 पटक हेरिएको

हाइलाइट्स

  • हाकिम जियाच र थियागो सिल्भाले गरेको गोलमा चेल्सीले आइतबार राती इङ्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । 

हाकिम जियाच र थियागो सिल्भाले गरेको गोलमा चेल्सीले आइतबार राती इङ्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । 

जितसँगै चेल्सीले दोस्रो स्थानको लिभरपुलसँगको दुरी एक अंकमा छोट्याएको छ । चेल्सीले २४ खेलबाट ४७ अंक जोडेको छ । जुन दोस्रो स्थानको लिभरपुलभन्दा एक अंकले पछाडि हो भने शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा दश अंकले पछाडि हो । 

तथापी चेल्सीले लिभरपुलभन्दा दुई र सिटीभन्दा एक खेल बढी खेलेको छ । पराजित टोटनहम ३६ अंकका साथ सातौं स्थानमा छ । हारपछि टोटनहमले चौथो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड चौथो स्थानमा छ । 

चेल्सीले ४७औं मिनेटमा हाकिम जियाचले गरेको गोलबाट अग्रता लिएको थियो । जियाचले २० यार्डबाट टाढाबाट वायाँ खुट्टाले हानेको प्रहारमा टोटनहमका गोलकिपर ह्युगो लोरिस मुकदर्शक बनेका थिए । त्यसको दुई मिनेट नवित्दै जियाचले हानेको अर्को प्रहारलाई भने लोरिसले बचाइदिएका थिए । 

५५औं मिनेटमा सिल्भाले चैल्सीको अग्रता दोब्बर बनाए । सिल्भाले मासन माउन्टको फ्रीकिकलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए । टोटनहमका रक्षकले कालुम हडसन–ओडेईलाई फाउल गरेपछि चेल्सीले फ्रीकिकको अवसर पाएको थियो । 

८६औं मिनेटमा टोटनहमका फरवार्ड ह्यारी केनले ‘पावरफुल हेड’ लाई चेल्सीका गोलकिपर केपा एरिजाबालागाले बचाइदिएका थिए ।

त्यसपछि टोटनहम खेलमा फर्कन सकेन र चेल्सीले लगातार ७ खेलमा टोटनहमलाई हराउन सफल भयो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey