राखेपद्वारा खेल पूर्वाधार अनिश्चितसमयका लागि बन्द गर्ने निर्णय

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-१०-०९
  • |
  • 2294 पटक हेरिएको

हाइलाइट्स

  • राखेपले एक सूचना जारी गर्दै तत्कालका लागि खेलकुदका सबै पुर्वाधार बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो पटक नेपालमा ब्यापक रुपमा फैलिएको कोभिडको नयाँ भेरियन्टका कारण राष्ट्रिय खेलकुद परिषद्ले आफ्ना खेलकुद पुर्वाधार अनिश्चित समयका लागि बन्द गर्ने निर्णय गरेको छ । 

राखेपले एक सूचना जारी गर्दै तत्कालका लागि खेलकुदका सबै पुर्वाधार बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको जारी आदेश अनुसार जिमखान, रंगशाला, कभर्डहल, पौडी पोखरी, फुटसल लगायतका मानिसको भिडभाड हुने अन्य कार्यक्रमहरु गर्न निषेध गरिएको जनाएको छ ।

जसका कारण राखेपले रंगशाला, कभर्डहल, पौडीपोखरी लगायतका खेल पूर्वाधार अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । 

राखेपको यो निर्णयपछि दशरथ रंगशालामा हुने मोरिससविरुद्धको खेलपनि बन्द रंगशालामा गराउनुपर्ने भएको छ ।

एन्फाले जिल्ला प्रशासन कार्यालयसँग रंगशालामा दर्शकको उपस्थितिका लागि पहल गरेको थियो । तर राखेपको यो सूचनापछि रंगशालामा दर्शकको उपस्थिति गराउने संभावना निकै कम भएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey