आहा रारा गोल्डकप: क्वाटरफाइनलमा भिड्दै पुलिस र मनाङ

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-१०-०९
  • |
  • 736 पटक हेरिएको

पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगिताको क्वाटरफाइनलमा सहिद स्मारक ए डिभिजन लिगमा उपाधि होडमा रहेको मनाङ मर्स्याङदी र विभागिय टीम नेपाल पुलिसबिच प्रतिस्पर्धा हुँदै छ। 

पोखरा रंगशालामा हुने दोस्रो क्वाटरफाइनलमा दुबै टीमको लक्ष्य अन्तिम चारमा स्थान बनाउनु हुने छ। खेल दिउँसो २:३० बाट सुरू हुने छ। पुलिस र मनाङको विजेताले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ। 

प्रतियोगितामा मनाङ र पुलिस सर्वाधिक उपाधि जित्ने टीमका रुपमा रहेका छन्। दुबै टोलीले ६-६ पटक उपाधि जितेकाले पुन एकपटक उपाधि उचाल्ने अभियानलाई सार्थक्ता दिन दुबै टीम हरसंभब प्रयासमा हुने छन्।

अर्को विभागिय टीम एपीएफ बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ। सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा  कुल १० टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छन्। साथै विधागत विधामा उत्कृष्ट रहेकाहरुलाई समेत पुरस्कार प्रधान गरिने आयोजकले जनाएको छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey