ला लिगामा कार्डिज विजयी  

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-१०-०८
  • |
  • 957 पटक हेरिएको

स्पेनिस ला लिगा फुटबलमा कार्डिज विजयी भएको छ ।

रेलिगेशन जोनमा रहेका दुवै टिमबीचको खेलमा कार्डिजले लेभान्टेलाई २–० गोल अन्तरले पराजित गरेको हो । जितपछि कार्डिजले तालिकामा २२ अंक बनाउँदा १८ औं स्थानमा रहेको छ भने पराजित भएको लेभान्टे ११ अंकसहित पुछारमा रहेको छ ।

३४ औं मिनेटमा एल्भारो सान्सेजले गोल गर्दै कार्डिजलाई शुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको कार्डिजले दोस्रो हाफमा अर्को १ गोल गरेका थिए । ७३ औं मिनेटमा साल्भाडोर सान्सेज पेडरेजले गोल गरेपछि कार्डिजले २–० गोलको जित पक्का गरेको थियो ।

ला लिगामा रियल मड्रिड ४९ अंकसहित शीर्ष स्थानमा रहँदा ४५ अंक जोडेको सेभिल्ला दोस्रो स्थानमा छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey