गण्डकीको दाेस्राे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१३
  • |
  • 547 पटक हेरिएको

हाइलाइट्स

  • प्रदेश दुईको यो दोस्रो हार हो।

काठमाडौंमा जारी यु-१९ राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले प्रेदश दुईलाई ५५ रनले पराजित गरेको छ।

सोमबार मुलपानि मैदानमा भएको खेलमा गण्डकीले दिएको १५७ रनको लक्ष्य पछ्याएको प्रदेश दुई १०१ रनमा नै समेटिएपछि गण्डकीले प्रतियोगितामा दोस्रो जित निकाल्यो।

टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकिले अर्जुन कुमालको ४७ रनको योगदानमा मध्यम स्कोर तयार गरेको थियो। सुरुवाती क्रममा कुमाल बाहेकका ब्याटरहरु टिकेनन्।

तर पछिल्लो क्रममा सन्द्श सुनारले २६ रन बनाउँदा सचिनराज अधिकारी र कमल परियारले समान १४-१४ रन बनाए भने प्रसान्त शिंहले १० रनको दोहोरो स्कोर तयार गरेका थिए। प्रदेश दुईका बिबेक यादवले ५ विकेट तथा गुल्सन झाले ३ विकेट लिंदै गण्डकीको इनिङलाई मध्यम स्कोरमानै समेटे।

सामान्य स्कोर पछ्याएको प्रदेश दुई ब्याटिङमा भने निरीह रह्यो। उसका लागि त्रित राज दासले ३१ रन तथा रोहन विकेले २३ रन बनाउनु बाहेक अन्यको गतिलो प्रदर्शन गर्न सकेनन्।

पछिल्लो क्रममा आउका आदिल अनसारीले १९ र विवेक यादवले १० रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो।

गण्डकीलाई जत दिलाउन कमल परियारले ५ विकेट लिए भने सुवाष भण्डारीले ३ तथा किरण पौडेललेल २ विकेट लिएका थिए। प्रदेश दुईको यो दोस्रो हार हो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey