बुन्डेस लिगामा शीर्ष स्थानकाे बार्यन म्युनिख स्तब्ध

  • Image नेप्लेज
  • ४ मंसिर २०७८, शनिवार
  • 1027 पटक हेरिएको
बुन्डेस लिगामा शीर्ष स्थानकाे बार्यन म्युनिख स्तब्ध

जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्यन म्युनिख पराजित भएको छ ।

शुक्रबार राति भएकोखेलमा अक्सबर्गसँग बार्यन २–१ गोल अन्तरले पराजित हुन पुग्यो । यो पराजये बार्यनलाई अंक तालिकामा बोरुसिया डर्टमन्डविरुद्ध ७ अंकको अग्रता लिने मौका गुम्यो । म्युनिखकको १२ खेलमा २८ अंक हुँदा डर्टमन्डको ११ खेलमा २४ अंक रहेको छ।

अक्सबर्ग भने १२ अंकसहित १५ औं स्थानमा छ ।
अक्सबर्गले घेरेलु मैदानमा मेड पेडरसनले २३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एन्ड्रे हानले ३५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । २ गोलले पछि परेको बार्यनले ३८ औं मिनेटमा गोल फर्काएको थियो ।

उसका लागि रोवर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता २–१ मा झारेका थिए । तर त्यसपछि दुवै टिमबाट थप गोल नहुँदा शीर्ष स्थानमा रहेको बार्यन म्युनि पराजित हुन पुग्यो ।

 

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment