वार्नर 'प्लेयर अफ दी टुर्नामेन्ट'

  • Image नेप्लेज
  • २८ कार्तिक २०७८, आइतवार
  • 1486 पटक हेरिएको
वार्नर 'प्लेयर अफ दी टुर्नामेन्ट'

हाइलाइट्स

  • उनले कुल २८९ रन बनाएका थिए ।

अष्ट्रेलियाका ओपनर डेविड वार्नर टी २० विश्वकपको सर्वोत्कृष्ट खेलाडी बनेका छन । फाइनलमा आफ्नो टिमलाई जित दिलाउन राम्रो भूमीका खेलेका वार्नर प्लेयर अफ दी टुर्नामेन्ट बने । 

समुह चरणबाट नै टिमका लागि राम्रो योगदान गरेका उनले कुल २८९ रन बनाएका थिए । जसमा उनले फाइनलमा अर्धशतकीय पारी खेलेका थिए ।

सात पारी खेलेका वार्नरले ४८ दशमलव १६ को औषतमा तीन अर्धशतक बनाएका थिए । यस्तै उनले प्रतियोगिता भरी ३२ चौका र १० छक्का प्रहार गरेका थिए । 

उनको उच्च स्कोर ८९ रन रहेको थियो । उनले प्रतियोगिताभरी एक सय ९७ बल खेलेका थिए । जसका कारण उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । 

सर्वाधिक रन बनाउने खेलाडीमा बाबर आजम शिर्ष स्थानमा रहेका थिए । उनले तीन सय तीन रन बनाएका थिए । यस्तै पाकिस्तानकै मोहम्मद रिजवानले दुई सय ८१ रन बनाए । इंग्ल्याण्डका जोस बट्लरले दुई सय ६९ रन बनाए । 

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment