बुटवल । नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस ) को छैठौँ बार्षिक साधारण सभा बुटवलकाे रुपन्देही सम्पन्न भएको छ । साधारण सभामा उत्कृष्ट जिल्ला समन्वय समिति पाल्पाले सम्मान पाएकाे छ । एनसीएससकाे संगठन संरचना अनुसार रहेका विभिन्न जिल्लाहरुमा पाल्पा उत्कृष्ट जिल्ला घाेषित भएकाे हाे ।
साधारणसभाले नियमित गतिविधिलाई निरन्तरता दिदै थप वृद्धि गर्ने , सदस्यता वृद्धि र जिल्ला समन्वय समितिको बिस्तारमा जोड दिने , क्यान र सरोकारवालाको हरेक गतिविधि चुस्त निगरानी गर्दै प्रभावकारी प्रतिक्रिया ब्यक्त गर्ने र सरोकारवालासँग समन्वय गर्ने लगायतका कुराहरुलाई अनुमाेदन गरेकाे छ ।
अन्तराष्ट्रिय अम्पायर बुद्धि बहादुर प्रधान
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष तथा अन्तराष्ट्रिय अम्पायर दुर्गानाथ सुवेदी (देवेन्द्र)
यसैगरी नयाँ जिल्लामा एनसीएसएस बिस्तारका लागि परासी जिल्लाबाट रमेश चालिसेलाई जिल्ला प्रतिनिधिको जिम्मेवारी दिएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय अम्पाएर बुद्धि बहादुर प्रधान र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देबेन्द्र सुवेदीले एनसीसएसएले गरेका कामहरुकाे प्रशंसा गर्दै आगामी दिनमा पनि संस्ठाले सक्रिय रुपमा नेपाली क्रिकेटकाे खवरदारी गर्नु पर्नेमा जाेड दिएका थिए । 
साधारण सभामा NCSS का अध्यक्ष नारायण पराजुलीले बार्षिक प्रतिबेदन प्रस्तुत , तारा पाठकले सस्थाको गतिविधि तथा प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष अच्युत पान्डेय आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य रुपन्देही कोषाध्यक्ष शिबराज गौतमले गरेका थिए भने कार्यक्रम सन्चालक बिजय पाैडेलले गरेका थिए ।