नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकरको घुँडाको सफल सल्यक्रिया भएको छ ।
लिगको तयारीका लागि भएको ब्रिगेड ब्याइजविरुद्धको मैत्रीपुर्ण खेलमा उनलाई चोट लागेको थियो । जसका कारण उनको दायाँ घुँडाको मेडिएल कोल्याटरल लिगामेन्ट अर्थात एमसीएलमा चोट लागेको थियो ।
नेपाल आर्मी फुटबल क्लवका महत्वपुर्ण खेलाडी समेत रहेका नवयुगको विहिबार साँझ सफल सल्यक्रिया भएको छ । उनको बी एण्ड बी अस्पतालमा शल्यक्रिया भएको र आठ साता मैदान बाहिर हुने भएका छन ।
उनको चोट निको हुन लामो समय लाग्ने भएकाले उनले ए डिभिजन लिगपनि गुमाउने भएका छन । उनी लिग जारी हुँदा नै मैदानमा फर्किने नफर्किने अझै एकिन भएको छैन ।
चोट निको भएपनि उनको थेरापी पनि गर्नुपर्ने भएको लिग खेल्ने संभावना कम छ । बीबीसीविरुद्धको खेलमा चोट बोकेका उनको एमसीएलमा गम्भिर चोट लागेको थियो ।
नवयुग घाइते भएपछि अब लिगमा आर्मीको आक्रमणको जिम्मा भरत खवास र जर्ज प्रिन्स कार्कीको काँधमा हुनेछ । अघिल्लो पटकको लिगमा उपविजेता बनेको आर्मीको यो पटकको लक्ष्य भने उपाधि नै छ ।