बर्नलीविरुद्धको खेलमा लुकाकु, वेरनेरले नखेल्ने

  • Image नेप्लेज
  • १९ कार्तिक २०७८, शुक्रवार
  • 838 पटक हेरिएको
बर्नलीविरुद्धको खेलमा लुकाकु, वेरनेरले नखेल्ने

हाइलाइट्स

  • चोटका कारण केहि समय मैदान बाहिर रहेका माउन्ट विहिबारबाट प्रशिक्षणमा फर्किएका छन । 

चेल्सीका प्रशिक्षक थोमस टुसेलले मासोन माउन्टलाई इंग्ल्याण्डको टिममा कमब्याक गर्नका लागि आफुले पुरै मेहेनत गर्ने बताएका छन ।

चोटका कारण केहि समय मैदान बाहिर रहेका माउन्ट विहिबारबाट प्रशिक्षणमा फर्किएका छन । 

पत्रकार सम्मेलनमा टुसेलले टिमका महत्वपुर्ण खेलाडी माउन्टलाई इंग्ल्याण्डको टिममा फकाउन ब्यक्तिगत रुपमा पनि सहयोग गर्ने बताए ।

उनले चोटका कारण चेल्सीका पछिल्ला दुई खेल गुमाएका थिए । 

तर इंग्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटले उनलाई टिममा राखेका थिए । उनको दाँतको इन्फेन्सन हुँदा खेल्न सकेका थिएनन् ।

तर उनी अहिले ठिक भएपनि राम्रोसँग खान नसक्ने अवस्थामा छन । यसका साथै उनको तौलपनि घटेको छ । 

टुसेलले बर्नलीविरुद्धको खेलमा उनलाई टिममा राख्नु चुनौती भएको बताएका छन ।

उनलाई पुर्ण रुपमा निको हुन केहि समय लाग्ने संभावना रहेको बताए । तर इंग्ल्याण्डको खेलसम्म उनी पुर्ण फिट हुने जानकारी दिए । 

यता चेल्सीले प्रिमियर लिगमा बर्नलीविरुद्ध खेल्दा रोमेलु लुकाकु नहुने भएका छन । यस्तै टिमो वेरनेर, माटियो कोभासिस पनि हुने छैनन् । 

 

सम्बन्धित खबर