च्याम्पियन्स लिगमा बार्यन म्युनिख अपराजित, बेनफिकाविरुद्ध लेवान्डोस्कीको ह्याट्रिक

  • Image नेप्लेज
  • १७ कार्तिक २०७८, बुधवार
  • 555 पटक हेरिएको
च्याम्पियन्स लिगमा बार्यन म्युनिख अपराजित, बेनफिकाविरुद्ध लेवान्डोस्कीको ह्याट्रिक

युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बार्यनम्युनिले अपराजित यात्रा कायम राखेको छ । गयराति भएको खेलमा बार्यनले बेनफिकामाथि ५–२ गोल अन्तरको जीत दर्ता गरेको हो ।

जितसँगै समूह ईमा रहेको बार्यन शतप्रतिशत नतिजाका साथ १२ अंकसहित आफूलाई शीर्ष स्थानमा रहेको छ । 


बार्यनको जीतमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्दा सर्जि गानबी र लोरियो सानेले एक एक गोल थपेका थिए । बेनफिकाका मोराटाले डेनियल नुनेजले एक एक गोल फर्काएका थिए ।


बार्यनका लागि लेवान्डोस्कीले २६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा गानबीले अग्रता दोब्बर बनाए । ३८ औं मिनेटमा मोराटाले गोल गर्दा बेनफिकाले पहिलो हाफ २–१ टुंग्याएको थियो । ७४ औं मिनेटमा नुनेजले गोल फर्काउँदै अन्तर ४–२ मा झारेका थिए । 


४९ औ मिनेटमा सानेले गोल गरेपछि बार्यन ठूलो जीत तर्फ अग्रसर भएको थियो । ६१ औं मिनेटमा लेवान्डोस्की व्यक्तिगत दोस्रो गोल गर्दा बार्यनले ४–१ ले अघि बढेको थियो । ८४औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दा बार्यनम्युनिख ५–२ गोल अन्तरले जीत दर्ता गर्न सफल भयो ।


यो समूहमा रहेको बार्सिलोनाले डाइनामो किभमाथि १–० गोल अन्तरले जीत दर्ता गरेको छ । बार्सिलोनाले दोस्रो जीत निकालेको हो ।

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment