स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोना रायो भाल्कानोसँग १–० गोल अन्तरले पराजित भएको हो । राडमेल फालकाओले ३० औं मिनेटमा गरेको गोल नै रायो भाल्कानोलाई स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो ।
जीतपछि रायो भाल्कानो १९ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ भने बार्सिलोना १५ अंकसहित नवौं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गतकै रियल मड्रिड र ओसासुनाले गोलरहित बराबरी खेलेका छन् ।
बराबरीसँगै रियल २१ अंकका साथ शीर्ष स्थानमा रहँदा ओसासुना १९ अंकसहित छैटौं स्थानमा रहेको छ । यस्तै रियल बेटिसले भ्यालेन्सियालाई ४–१ गोल अन्तरले पराजित गरेको छ । यो जीतसँगै भ्यालेन्सिया तेस्रो स्थानमा रहेको छ ।
ला लिगाको शीर्ष चार स्थानमा रहने टिमको समान २१ अंक रहेको छ । रियल मड्रिड, सेभिल्ला, रियल बेटिस र रियल सोसिडाडको समान २१ अंक रहँदा गोल अन्तरका आधारमा स्थान निर्धारण भएको छ ।