एसेसको बक्सिङ डे टेष्टमा ८० हजार दर्शक मेलबर्न क्रिकेट मैदानमा प्रवेश पाउने !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०८
  • |
  • 1032 पटक हेरिएको

हाइलाइट्स

  • अर्को महिनादेखि भिक्टोरिया सरकारले कोभिडको नियम खुकुलो पारेपछि टेष्ट खेलमा पनि दर्शकको संख्या बढाइने संभावना प्रबल बनेको छ । 

इंग्ल्याण्ड र अष्ट्रेलियाविचको एसेस टेष्टको बक्सिङ डेमा मेलबर्न क्रिकेट मैदानमा ८० हजार दर्शकलाई प्रवेश गराइने बताइएको छ ।

अर्को महिनादेखि भिक्टोरिया सरकारले कोभिडको नियम खुकुलो पारेपछि टेष्ट खेलमा पनि दर्शकको संख्या बढाइने संभावना प्रबल बनेको छ । 

मेलबर्नमा केहि समय अगाडी छैटौं लकडाउन सकिएको थियो । विश्वमा पछिल्लो दुई बर्षमा मेलबर्नमा अरु शहरको तुलनामा धेरै समय लकडाउन भएको थियो ।

अघिल्लो बर्ष बक्सिङ डे अन्तगर्त भारत र अष्ट्रेलियाविच भएको टेष्ट खेलमा ३० हजार समर्थकलाई मैदान प्रवेश गराइएका थियो । 

पछिल्लो पटक मेलबर्नमा कोभिडको खोप लगाउने संख्या बढेपछि टेष्ट खेलमा समर्थकको संख्या बढाइने भएको हो ।

भिक्टोरिया राज्यमा १२ बर्ष माथिका ९० प्रतिशत जनतामा भ्याक्सिन लगाइने भएको छ । त्यो पनि खेलकुदका प्रतियोगिताहरुमा सहभागिता जनाउनु अगाडी । 

तर पर्थमा भने दर्शकलाई मैदान प्रवेशमा सहज नहुने देखिएको छ । सो स्थानमा स्थानीय सरकारले क्रिसमससम्ममा सबै बोर्डर बन्द गर्ने भएको छ ।

अष्ट्रेलियामा निकै लामो समयसम्म कोभिडका कारण बोर्डहरु सबै बन्द भएकाले जान आउन निकै कठिन भएको थियो । 

तर अर्को महिनाबाट बोर्डर खुल्ने भएकाले केहि सहज हुने भएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey