टी-२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानको कीर्तिमानी जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०७
  • |
  • 1408 पटक हेरिएको

हाइलाइट्स

  • पाकिस्तानले भारतविरुद्ध टी-२० विश्वकपमा नयाँ इतिहास बनाएको छ ।

पाकिस्तानले भारतविरुद्ध टी-२० विश्वकपमा नयाँ इतिहास बनाएको छ । बहुप्रतिक्षित खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्यो । टी-२० विश्वकपमा भारतको यति भारी अन्तरको हार पहिलो पटक हो । जारी विश्वकपमा आफ्नो पहिलो खेलमा नै जित निकाल्दै पाकिस्तानले भारत विरुद्ध टी-२० विश्वकपमा अहिलेसम्म कै पहिलो जित निकाल्यो । यतिमात्र होइन, समग्र टी-२० क्रिकेटमा पाकिस्तानको भारतविरुद्ध दोस्रो जित हो । 

दुबईमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५१ रन बनायो । खराब शुरुआत गरेको भारतलाई कप्तान विराट कोहली र विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले उकासेका थिए । कोहलीले अर्धशतक पुरा गरेका थिए ।

पाकिस्तानविरुद्ध रोहित शर्मा र केएल राहुलले ओपनिङ गरेका थिए । रोहित खाता नै नखोली आउट भएका थिए । रोहित आउट हुँदा भारतले स्कोरबोर्डमा १ रन जोडेको थियो । दोस्रो विकेटको रुपमा केएल राहुल आउट भएका थिए । राहुल व्यक्तिगत ३ रन बनाएर आउट हुँदा भारतले ६ रनमा दोस्रो विकेट गुमाएको थियो । त्यसपछि कप्तान विराट कोहली र सूर्यकुमार यादबले भारतको स्कोर अघि बढाएका थिए ।

तर ३१ रन भएका बेला यादव आउट भए । यादव व्यक्तिगत ११ रन जोडेर आउट भएका हुन् । त्यसपछि कोहली र ऋषभ पन्तले भारतको स्कोर अघि बढाएका थिए । पन्तले ३० बलमा ३९ रन बनाएर आउट हुँदा भारतको स्कोर ४–८४ रन रहेको थियो । पन्तले दुई छक्का र दुई चौका प्रहार गरेका थिए ।

पाँचौं विकेटको रुपमा रविन्द्र जडेजा १३ रन बनाएर आउट हुँदा भारतको स्कोर ५–१२५ रन रहेको थियो । छैटौं विकेटको रुपमा कप्तान कोहली पभेलियन फर्किएका थिए । उनले ५७ रनको अर्धशतकीय पारि खेले । कोहलीले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए । सातौं विकेटको रुपमा हार्दिक पाण्ड्या आउट भएका थिए । हार्दिक ८ बलमा ११ रन बनाएर पभेलियन फर्किएका थिए । अन्तिमसम्म भुवनेश्वर कुमार ५ रनमा नटआउट रहे ।

पाकिस्तानका शहिन सा अफ्रिदीले ३ विकेट लिँदा हसन अलिले २ तथा सदाब  खान र हारिस रौफले एक एक विकेट लिए ।

जवाफमा पाकिस्तानले १७ ओभर ५ बलमा विना विकेटको क्षतीमा जित निकाल्यो । टी-२० क्रिकेटमा पाकिस्तानले कुनैपनि टिमविरुद्ध १० विकेटको जित निकालेको यो पहिलो पटक हो ।

यतिमात्र होइन, उसले विश्वकपमा भारतलाई यो नतिजाले हराएको पनि पहिलो पटक हो । टी-२० विश्वकपमा मोहम्मद रिजवान र बाबर आजमले गरेको साझेदारीपनि अहिलेसम्म कै ठूलो हो । यसअघि पाकिस्तानले टी-२० विश्वकपमा पहिलो विकेटका लागि यति ठूलो साझेदारी गर्न सकेको थिएन । 

पाकिस्तानको जितमा रिजवानले सुरुवात देखि नै सम्हालिएर र निकै आत्मविश्वासका साथ ब्याटिङ गरेका थिए । जसका कारण पाकिस्तानले उत्कृष्ट जित निकाल्न सफल भयो । 

जसमा बाबरले अविजित ६८ रन बनाए । उनले ५२ बलमा ६ चौकार दुई छक्का प्रहार गरे । यस्तै रिजवानले ७८ रन बनाए । जसमा उनले ५५ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey