Mega Bank

प्रिमियर लिग खेल्ने एक खेलाडीमाथि घरमै आक्रमण

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०७-०६
  • |
  • 515 पटक हेरिएको

हाइलाइट्स

  • घरमा प्रेमीकासँग बसिरहेको अवस्थामा मास्क लगाएर चोरले ती खेलाडीमाथि आक्रमण गरेको बताइएको छ । 

प्रिमियर लिग खेल्ने एक खेलाडीमाथि उनको निवासमा नै आक्रमण भएको छ ।

घरमा प्रेमीकासँग बसिरहेको अवस्थामा मास्क लगाएर चोरले ती खेलाडीमाथि आक्रमण गरेको बताइएको छ । 

डेलीमेलका अनुसार खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन । १५ लाख पाउण्डमा खरिद गरिएको सुविधासम्पन्न घरमा नै आक्रमण हुँदा ती खेलाडीलाई चार जनाले कुटपिट गरेको बताइएको छ । 

ती खेलाडी घरमा बसेर टिभी हेरिरहेको र उनकी प्रेमीका बाथरुममा भएको बेला ग्लासको सिसा फोडेर उनीमाथि आक्रमण भएको थियो ।

यसका साथै उनको घरबाट केहि सामानहरुपनि लुटेको बताइएको छ । जसमा घर, गहना, इलेक्ट्रिकल सामान रहेको बताइएको छ । 

ती खेलाडी मैदान बाहिर निकै लो प्रोफाइलमा बस्ने गरेको भएपनि उनीमाथि आक्रमण हुनु निकै आश्चार्यको कुरा रहेको बताइएको छ ।

पुलिसले ती खेलाडीमाथि आक्रमण हुनुको कारण गरगहना र सामान लुट्नका लागि रहेको बताएको छ । 

 

भर्खरै

Advertisement