टी-२० विश्वकपमा सुपर १२ का खेल आजबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०६
  • |
  • 1167 पटक हेरिएको

हाइलाइट्स

  • पहिलो खेलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाविच प्रतिस्पर्धा हुनेछ ।

आइसीसी टी २० विश्वकपको सुपर १२ का खेलहरु आजबाट सुरु हुँदैछन । जसमा पहिलो खेलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाविच प्रतिस्पर्धा हुनेछ । टी २० विश्वकपमा दुबै टिमको रेकर्ड उत्कृष्ट भने छैन । यतिमात्र होइन, दुबै टिमका लागि पहिलो खेल नै निकै महत्वपुर्ण रहेको छ । 

पछिल्लो पटकको टी २० बरियतामा दुबै टिम उपाधिको दावेदारका रुपमा त्यति हेरिएका छैनन् । तरपछि प्रदर्शनका आधारमा दक्षिण अफ्रिका आजको खेलमा हावी हुने अपेक्षा गरिएको छ । उसले पछिल्ला १० खेलमा नौ जित निकालेको छ । उसले यो प्रतियोगिता अगाडी खेलेका दुबै वार्मअप खेलमा दुबै जितेको छ । उसले पाकिस्तान र अफगानिस्तानलाई हराएको थियो । 

यता अजिज टिमले पछिल्ला १० टी २० मा ८ खेल हारेको छ । वार्मअप खेलमा पनि न्युजिल्याण्डलाई मुस्किलले जितेको थियो भने भारतसँग नराम्रो हार ब्यहोरेको थियो । 

दक्षिण अफ्रिकाविरुद्ध भने अष्ट्रेलियाको राम्रो रेकर्ड रहेको छ । पछिल्ला पाँच खेलमा अष्ट्रेलियाले चार हार र एक जित निकालेको छ । दक्षिण अफ्रिकाको भने पाँचै खेलमा जित छ । 

अष्ट्रेलियाका लागि डेविड वार्नरको फर्म केहि चिन्ताको विषय रहेको छ । उनले पछिल्लो चार खेलमा दुई खेलमा खाता खोल्न सकेका थिएनन् भने एक खेलमा दुई रन र एक खेलमा एक रन बनाएका थिए । उनी टी २० क्रिकेटमा २३ पारीमा मात्र एक सय २९ रन बनाउन सकेका छन । टिम उनको फर्क फर्किएको हेर्न चाहिरहेको छ । 

आबुधावीमा हुने खेलको पिचले पनि धेरै फरक पार्नेछ । यो खेलमा अष्ट्रेलियाले सात जना ब्याट्सम्यानलाई खेलाउने योजना बनाएको छ भने तीन जना मुख्य बलर राख्ने भएको छ । दक्षिण अफ्रिकाले पनि आफ्नो बलियो लाइनअपलाई बलियो टिम अष्ट्रेलियाविरुद्ध उतार्ने योजनामा छ । 

आजै दुबई इंग्ल्याण्ड र वेष्ट इन्डिजविच प्रतिस्पर्धा हुनेछ । पाँच बर्ष अगाडी कोलकातामा भएको २०१६ को टी २० विश्वकपको फाइनलमा वेष्ट इन्डिजले इंग्ल्याण्डलाई नै हराएर उपाधि जितेको थियो । पावरहिटरले भरिएको वेष्टइन्डिज र राम्रो बलिङ लाइनअप भएको इंग्ल्याण्डविचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey