युभेन्टसमा हुँदा राेनाल्डाेले महत्वपुर्ण नियम पालना नगरेकाे आराेप

  • Image नेप्लेज
  • ५ कार्तिक २०७८, शुक्रवार
  • 1220 पटक हेरिएको
युभेन्टसमा हुँदा राेनाल्डाेले महत्वपुर्ण नियम पालना नगरेकाे आराेप

हाइलाइट्स

  • उनले इक्वेटी, युनिटी र ह्युमिलिटीको पालना कुनैपनि बेला नगरेको भन्ने आरोप लागेको छ । 

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले युभेन्टस छोडेर म्यानचेस्टर युनाइटेड अचानक अनुबन्ध भएपछि उनको विरुद्धमा विभिन्न समाचारहरु सार्वजनिक भईरहेका छन ।

जसमा पछिल्लो पटक उनले युभेन्टसको ड्रेसिङ रुममा पालना गर्नुपर्ने सबै भन्दा महत्वपुर्ण नियम उलंघन गरेको बताइएको छ । 

इटालीयन पत्रिका टुटो स्पोर्टसले पछिल्लो पटक सार्वजनिक गरेको रिपोर्ट अनुसार रोनाल्डोेका लागि युभेन्टसको ड्रेसिङ रुमको नियम अरु खेलाडीको भन्दा निकै फरक रहेको थियो । उनले इक्वेटी, युनिटी र ह्युमिलिटीको पालना कुनैपनि बेला नगरेको भन्ने आरोप लागेको छ । 

युभेन्टसका डिफेन्डर लियोनार्दो बोनुसीले रोनाल्डो नहुँदा युभेन्टसका खेलाडी टिमका रुपमा बढि खेल्ने गरेको बताएका थिए । सन् २०१८ मा रोनाल्डो युभेन्टसमा अनुबन्ध भएपछि रोनाल्डो कहिलेपनि टिमको एकतामा नउभिएको बताइएको छ । 

रोनाल्डोको उपस्थिती मैदान बाहिर र भित्र टिमलाई असर गरेको सो पत्रिकाले बताएको छ । यस्तै कुरा युनाइटेडमा आएपछि रोनाल्डोका बारेमा भनिएको थियो । तर त्यो कुरालाई प्रशिक्षक ओले गुनरले डिफेन्ड गर्नुपरेको थियो । 

अर्को एक पत्रिकाले रोनाल्डोको आक्रमणमा कुनै शंका नभएपनि डिफेन्समा भने उनको ध्यान नै नजाने गरेको बताएको छ । युभेन्टसमा उनले एक सय ३४ खेलमा एक सय एक गोल गरेका थिए । रोनाल्डो बाहिरीएपछि युभेन्टस यो सिजनमा नौ खेलसम्म अपराजित रहेको छ । 

सम्बन्धित खबर