भारतीय क्रिकेट टिमको प्रशिक्षकमा फेरी द्रविड

  • Image नेप्लेज
  • २८ आश्विन २०७८, बिहिवार
  • 2528 पटक हेरिएको
भारतीय क्रिकेट टिमको प्रशिक्षकमा फेरी द्रविड

हाइलाइट्स

  • भारतीय क्रिकेट बोर्डले न्युजिल्याण्डविरुद्धको सिरिज अगाडी नयाँ प्रशिक्षकको टुंगो लगाउने बताएपनि तत्काल द्रविडले सो सिरिजको प्रशिक्षकको काम सम्हाल्नेछन ।

टी २० विश्वकप सकिए लगत्तै हुने न्युजिल्याण्डविरुद्धको सिरिजका लागि भारतीय टिमको प्रशिक्षकमा राहुल द्रविडले जिम्मेवारी पाउने भएका छन । टी २० विश्वकप सकिएसँगै हालका प्रशिक्षक रबी शास्त्रीको सम्झौता सकिनेछ । 

भारतीय क्रिकेट बोर्डले न्युजिल्याण्डविरुद्धको सिरिज अगाडी नयाँ प्रशिक्षकको टुंगो लगाउने बताएपनि तत्काल द्रविडले सो सिरिजको प्रशिक्षकको काम सम्हाल्नेछन ।

उनी भारतीय टिमको प्रशिक्षकका रुपमा दोस्रो पटक काम गर्ने भएका छन । यसअघि उनी श्रीलंका भ्रमणमा पनि भारतीय टिमको प्रशिक्षक बनेका थिए । 

उनले बीसीसीआईले नयाँ प्रशिक्षकको टुंगो नलाग्दासम्म द्रविडले सम्हाल्नेछन । यो विचमा नयाँ प्रशिक्षकको छनोट हुनेछ । 

रबी शास्त्रीले सन् २०१७ बाट भारतीय टिमको प्रशिक्षकको भूमीका निभाइरहेका छन । जसमा उनी प्रशिक्षण हुँदा ४३ टेष्टमा २५ खेलमा जित, ७२ एकदिवसिय खेलमा ५१ मा जित र ६० टी २० मा ४० खेलमा जित निकालेको छ । 

सम्बन्धित खबर