बार्सिलोनाले युवा खेलाडी पेद्रीसँग नयाँ सम्झौता गरेर रिलिज क्लज एक बिलियन युरो राखेपछि उनको चर्चा निकै चुलिएको छ ।
१८ बर्षे पेद्रीसले सन् २०२६ सम्म बार्सिलोनासँग नयाँ सम्झौता गरेका छन । सन् २०२० को अगष्टमा लास पालमासबाट भित्रिएका पेद्रीले बार्सिलोनाबाट ५३ खेल खेलिसकेका छन । युरो कपमो उनी स्पेनको टिममा रहेका थिए ।
जसमा उनले निकै राम्रो प्रभाव जमाएका थिए । उनले युरोकपमा स्पेनबाट हरेक खेलमा सुरुवाती ११ मा स्थान बनाएका थिए ।
तर अहिले बार्सिलोनाले उनलाई नयाँ सम्झौता गरेर यदि विचमा रिलिज हुनुपरेमा राखेको सर्तले सबैलाई चकित पारेको छ ।
हालै सार्वजनिक भएको बलुन डी योरको ३० जना खेलाडीको सूचीमा पनि रहेका उनीसँग नयाँ सम्झौता गरेर बार्सा सेफ बाटोमा बसेको छ ।
पेद्रीमाथि बार्यन म्युनिखको पनि नजर रहेको थियो । अब अरु क्लवले पेद्रीलाई अनुबन्ध गर्न निकै मोटो रकम खर्च गर्नुपर्ने भएको छ ।
नभए बार्सिलोनाबा उनले फ्री ट्रान्सफरमा मात्र बाहिर जान पाउने अवस्था देखिएको छ ।