आयरल्याण्डले फाइनल गर्‍यो विश्वकप खेल्ने टिम

  • Image नेप्लेज
  • २२ आश्विन २०७८, शुक्रवार
  • 1322 पटक हेरिएको
आयरल्याण्डले फाइनल गर्‍यो विश्वकप खेल्ने टिम

हाइलाइट्स

  • एंड्रू बैलबर्नी (कप्तान), मार्क अडैयर, कर्टिस कैम्फर, गैरेथ डेलानी, जॉर्ज डॉकरेल, जोश लिटल, एंड्रू मैकब्रिन, केविन ओ'ब्रायन, नील रॉक, सिमी सिंह, पॉल स्टर्लिंग, हैरी टेक्टर, लॉर्कन टकर, बेन वाईट, क्रैग यंग।

टी २० विश्वकप क्रिकेटका लागि आयरल्याण्डले १५ स्दस्यीय क्रिकेट टिम फाइनल गरेको छ ।

शेन गेटकेट, ग्राहम केनडी र बेरी माकार्थी युएई र ओमानमा हुने विश्वकप जस्तो महत्वपूर्ण प्रतियोगितामा टिमको हिस्सा हुन पाएनन् ।
आयरल्याण्डको कप्तानी एन्ड्रू बेलबर्नीले गर्ने छन् ।

युएईविरुद्ध ३ टी म्याच खेल्न गएको टिमबाट केही खेलाडी हटारएर आयरल्याण्डले अन्तिम १५ को सूची सार्वजनिक गरेको हो । टिम बाहिर रहेका खेलाडीहरु रिजर्भ खेलाडीको रुपमा रहने जनाइएको छ । टिमका सेलेक्टर प्रमुख एन्ड्रू हेडले १८ जना खेलाडीबाट १५ छान्न निकै मुस्किल परेको बताएका छन् । 

आयरल्याण्डले १२ अक्टोबरमा पपुवा न्युगिनीविरुद्ध अभ्यास खेल खेल्ने छ । विश्वकपको पहिलो खेलमा आयरल्याण्डले १८ तारिखमा नेदरल्याण्ड्ससँग खेल्ने छ ।