क्यानको बोर्ड बैठक बस्दै, कार्यबहाक सचिव तोक्ने 

  • Image नेप्लेज
  • २० आश्विन २०७८, बुधवार
  • 1421 पटक हेरिएको
क्यानको बोर्ड बैठक बस्दै, कार्यबहाक सचिव तोक्ने 

नेपाली क्रिकेट संघ क्यानको बोर्ड बैठक आज बस्दै छ ।

उपाध्यक्ष राजाबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुलले पदबाट राजिनामा दिएपछि क्यानको बोर्ड बैठक बस्न लागेको हो ।

विहान ९ बजे जमलकाे एलो प्यागोडा होटेलमा बस्ने बोर्ड बैठकका लागि जिल्ला जिल्लामा रहेका क्यानका केन्द्रीय सदस्य तथा पदाधिकारीहरु काठमाडौं आइपुगेका छन् ।

आजको बोर्ड बैठकले क्यानका पछिल्ला गतिविधिहरु र उपाध्यक्ष र सचिवले राजिनामा दिएपछिको अवस्थाबारे छलफल गर्ने छ । 

एक चरण श्रेष्ठ र प्याकुरेललाई राजिनामा फिर्ताका लागि औपचारिक आग्रह गर्ने र नमानेमा स्वीकृट गरेर अघि बढ्ने तयारी गरिएको छ ।

आजको बैठकले एक जनालाई कार्यबहाक सचिवको जिम्मेवारी दिने छ ।

यस्तोमा प्रशान्त मल्ललाई सचिव बनाउने तयारी गरिएको स्रोतले जनाएको छ । 

यसअघि उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले आफूहरुको क्रिकेटको मिसन पुरा भएकाले नयाँका लागि मार्गप्रसस्त गरेको बताएका थिए ।

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment