इंन्डियन प्रिमियर लिगमा दिल्ली डियरडेभिल्सले चेन्नेई सुपर किंग्सलाई चार विकेटले हराएको छ ।
जितसँगै दिल्ली लिगको शिर्ष स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा दिल्लीको १० औं जित हो ।
दुबईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नेई २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३६ रन बनाए ।
उसका लागि अम्बाती राइडुले ५५ रन बनाए भने रोविन उथप्पाले १९ रनको योगदान गरे । यस्तै कप्तान महेन्द्रसिंह धोनीले १९ रनको योगदान गरे ।
जवाफमा दिल्लीले १९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
उसको जितमा शिखर धवनले ३९ रन बनाए भने सिमरोन हिटमेरले २८ तथा पृथ्वी शा र रिपल पटेलले १८–१८ रन बनाए ।
यो जितसँगै दिल्लीले १३ खेलमा २० अंक बनाएको छ । यसअघि नै दुबै टिम प्लेअफमा पुगिसकेका छन ।