स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले रियल बेटिसलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
गएराति भएको खेलमा आर्नट गोरेनभेल्डले गरेको दुवै गोल मद्दतले भिल्लारियल विजयी भएको हो ।
घरेलु मैदानमा उनले पहिलो हाफको अतिरिक्त पहिलो मिनेट र ६९ औं मिनेटमा गरि व्यक्तिगत र टिमका लागि दुई गोल गरे ।
जितसँगै भिल्लारियल ११ अंकका साथ ११ औं तथा पराजित भएको रियल बेटिस १२ अंकका साथ १० औं स्थानमा छ ।
यस्तै चौथो स्थानको सभेल्लिा पनि पराजित भएको छ ।
गएराति नै भएको खेलमा सेभिल्ला ग्रानडासँग १–० गोल अन्तरले पराजित भएको हो ।
२५ औं मिनेटमा रुबेनले गरेको एकमात्र गोल नै ग्रानडालाई जिताउन पर्याप्त बन्यो ।
जितपछि पनि ग्रानडा ६ अंकसहित तालिकको १७ औं स्थानमा छ ।
यस्तै गेटाफे र रियल सोसिडाडले एक एक गोलको बराबरी खेलेका छन् ।