काेहलीले बैंगलोरकाे कप्तानी छाेड्ने

  • Image नेप्लेज
  • ३ आश्विन २०७८, आइतवार
  • 1542 पटक हेरिएको
काेहलीले  बैंगलोरकाे कप्तानी छाेड्ने

 विराट कोहलीले  ईन्डियन प्रिमियर लिग क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंगलोरकाे कप्तान पद छाड्ने निर्णय गरेका छन । 

कोहलीले आइतबार बैग्लाेरकाे कप्तानी छाड्ने निर्णय गरेका हुन । उनले यस सिजनको आइपीएल सकिएपछि कप्तानी छाड्ने बताएका छन् ।

सन् २०१३ बाट बैंगलोरको कप्तान रहेका कोहलीले आइपीएल जित्न सकेका छैनन् । उनकाे कप्तानीमा बैंगलोरले १ सय ३२ खेलमा ६२, जित ६६ खेलमा हार र ४ खेल नतिजा विहीन भएका छन । 

गत साता मात्र उनले भारतीय टी-२० टिमको कप्तानी छाेड्ने निर्णय गरेका थिए । 

 

सम्बन्धित खबर