ब्रेथ्वेट चार महिनाका लागि मैदानबाहिर

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०१
  • |
  • 499 पटक हेरिएको

बार्सिलोनाका फरवार्ड मार्टिन ब्रेथ्वेटको घुँडाको सफल सल्यक्रिया भएको छ । ब्रेथ्वेट गेटाफेविरुद्ध सिजनको तेस्रो खेलमा चोटग्रस्त भएका थिए । 

सल्यक्रियापछि बार्सिलोनाले ब्रेथ्वेटले ३ देखि ४ महिनासम्म खेल्न नसक्ने बताएको छ ।

बार्सिलोना यस समय खेलाडीको चोटका कारण तनावमा रहेको छ । उसका जोर्डि अल्बा, अंशु फाती, डेम्बेले र नयाँ खेलाडी सेर्जियो अगुइरो चोटग्रस्त छन् । 

च्याम्पियन्स लिगको पहिलो खेलमा प्रशिक्षक रोनाल्ड कोम्यानले फरवार्डलाइनमा मेम्फिस डेपाए र नयाँ खेलाडी लुक डे योङलाई खेलाएका थिए ।

उक्त खेलमा बार्सिलोना ३–० ले पराजित भएको थियो ।  

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey