युराेपा लिगमा लेस्टरले नापाेलीसँग बराबरीमा चित्त बुझायाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०१
  • |
  • 760 पटक हेरिएको

हाइलाइट्स

  • घरेलु मैदान किंग पावर रंगशालामा भएको खेलमा लेस्टरका जितमा अयोज पेरेज र बारनेसले एक एक गोल गरेपनि जित दिलाउन सकेनन्।

युरोपियन युरोपा लिगामा लेस्टर सिटीले नापाेलीसँग बराबरी खेलेकाे छ । उसले इटालियन क्लव नापोलीसँग दुई दुई गोलकाे बराबरी खेल्याे ।  

घरेलु मैदान किंग पावर रंगशालामा भएको खेलमा लेस्टरका जितमा अयोज पेरेज र बारनेसले एक एक गोल गरे । तर उसले दुई गाेलकाे अग्रतालाई जाेगाउन सकेन । खेलको नबौं मिनेटमा नै पेरेजले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको लेस्टरले ६४ औं मिनेटमा अन्तर दुई शुन्यमा पुर्यायो । तर ६९ औं मिनेटमा भिक्टर जेम्सले नापोलीका लागि गोल गर्दै अन्तर दुई एकमा पुर्याए । 

खेलकाे ८७ औ मिनेटमा नापाेलीका भिक्टरले ब्यक्तिगत दाेस्राे गाेल गर्दै टिमलाई २-२ गाेलकाे बराबरीमा पुर्याए । जसका कारण लेस्टरले जितिसकेकाे खेलमा अङ्क बाढ्नु पर्याे । 

अर्को खेलमा लियोनले रेञ्जर्सलाई दुई शुन्यले हरायो भने रियल सोसिडाडले पीएसभीसँग दुई दुई गोलको बराबरी खेल्यो । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey