पलेशा सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-३१
  • |
  • 1019 पटक हेरिएको

राष्ट्रिय तेक्वान्दो खेलाडीहरुको समूहले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गाेबर्द्धनलाई बिहीबार नगदसहित सम्मान गरे ।

गोल्फुटारमा भएको कार्यक्रममा पलेशालाई नगद ७ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्र प्रदानद्वारा सम्मान गरिएको थियो ।

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण विजेता आयशा शाक्य, रञ्जन श्रेष्ठ, १३ औं सागका स्वर्ण विजेता सक्षम कार्कीलगायतले उनीहरुलाई सम्मान गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey