टी २० का विश्व नम्वर एक बलर रासिद खानले अफगानिस्तान टिमको कप्तानी छोडेका छन ।
आसन्न टी २० विश्वकपका लागि अफगानिस्तानले टिमको घोषणा गरेको केहि समयपछि उनले कप्तानी पद छोडेका हुन ।
उनले कप्तान पदबाट त्यागेको जानकारी बोर्डलाई दिएका छन । उनले टी २० को कप्तानीको जिम्मेवारी पाएको तीन महिनामा नै त्यागेका छन ।
पछिल्लो पटक रासिद खान अफगानिस्तान टिमको एकदिवसिय र टी २० को कप्तान रहेका थिए ।
तर विश्वकपको टिमको घोषणा भएपछि नै उनले कप्तानी त्याग्नुले सबैलाई आश्चार्यमा पारेको छ । उनले सोसियल मिडियामा छनोट कमिटीले आफ्नो चाहना विपरित टिम छनोट गरेको र त्यसमा आफु सहमत नभएको भन्दै कप्तानी छोड्ने निर्णय गरेका हुन ।
उनले अफगानिस्तान टिमको कप्तानबाट तत्काल लागु हुने गरेर छोडेको र अफगानिस्तानबाट खेल्नु आफ्ना लागि गर्व भएको बताएका छन ।
पछिल्लो पटक अफगानिस्तानमा तालिवानले सरकार बनाएपछि धेरैको ध्यान अफगानिस्तान क्रिकेटमा रहेको छ ।