बिश्वकप छनाेटमा अष्ट्रेलिया र साउदीकाे लगातार दाेस्राे जित

  • Image नेप्लेज
  • २३ भदौ २०७८, बुधवार
  • 1603 पटक हेरिएको
बिश्वकप छनाेटमा अष्ट्रेलिया र साउदीकाे लगातार दाेस्राे जित

हाइलाइट्स

  • एशियाली छनोटमा बलिया टिम अष्ट्रेलिया, जापान, इरान र दक्षिण कोरीयाले जित निकालेका छन । 

कतार विश्वकपका लागि एशियाली छनोटमा बलिया टिम अष्ट्रेलिया, जापान, इरान र दक्षिण कोरीयाले जित निकालेका छन । 

मंगलबार राति भएको खेलमा दक्षिण कोरीयाले लेबनानलाई एक शुन्यले हरायो । यसको जितमा कोन चाङ हुनले एकमात्र गोल गरे । 

अर्को बलियो टिम अष्ट्रेलियाले लगातार दोस्रो जित निकाल्ने क्रममा भियतनामलाई एक शुन्यले हरायो । उसको जितमा रायन ग्रान्टले गोल गरे । 

यस्तै जापानले चीनलाई पनि एक शुन्यले नै हरायो । जापानको जितमा ओसाकाले गोल गरे । अर्को खेलमा रिसिया र यूएईले एक एक गोलको बराबरी खेले भने साउदी अरेबियाले ओमानलाई एक शुन्यले हरायो ।

यस्तै इरानले इराकलाई तीन शुन्यले पराजित गर्यो । लगातार दोस्रो जित निकाल्दै इरान समुह ए को शिर्ष स्थानमा छ । 

यस्तै दक्षिण कोरीयाको भने यो पहिलो जित हो । यस्तै यूएई, इराक, लेबनान, सिरियाले भने जित हात पार्न सकेका छैन । 

यस्तै समुह बी मा लगातार दुई जित निकालेका साउदी अरेबिया र अष्ट्रेलियाको समान ६ अंक छ । तर गोल अन्तरका आधारमा अष्ट्रेलिया शिर्ष स्थानमा छ । 

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment