कतारमाथि पाेर्चुगलकाे सहज जित

  • Image नेप्लेज
  • २० भदौ २०७८, आइतवार
  • 1657 पटक हेरिएको
कतारमाथि पाेर्चुगलकाे सहज जित

हाइलाइट्स

  • पोर्चुगलको जितमा आन्द्रे सिल्भा, ओटाभियो र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे ।

कतारविरुद्धको मैत्रीपुर्ण खेलमा पोर्चुगलले तीन एकको सहज जित निकालेको छ ।

नियमित कप्तान क्रिस्टियानो रोनाल्डो विना नै मैदानमा उत्रिएको पोर्चुगलको जितमा आन्द्रे सिल्भा, ओटाभियो र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे । कतारका लागि एकमात्र गोल एबेडेलकरिम हसनले गोल गरे । 

रोनाल्डो इंग्ल्याण्ड गएको केहि घण्टामा भएको खेलको २३ औं मिनेटमा आन्द्र सिल्भाले जोओ मारियोको पासमा सिल्भाले गोल गरे । 

त्यसको अर्को मिनेटमा कतारी टिमको तालमेल नमिल्दा ओटाभियोले गोल गर्दै टिमलाई दुई शुन्यले अगाडी राखे । 

पहिलो हाफमा दुई शुन्यले पछाडी परेको कतारले ६१ औं मिनेटमा हसनको गोलमा अन्तर दुई एकमा पुर्यायो । त्यसपछि ८७ औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । उसका लागि फर्नान्डेसले गोल गरे । 

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र पोर्चुगलले तीन एकको जित निकाल्यो । 

 

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment