आरसी ३२ काे फराकिलाे जित

  • Image नेप्लेज
  • ११ भदौ २०७८, शुक्रवार
  • 1630 पटक हेरिएको
आरसी ३२ काे फराकिलाे जित

हाइलाइट्स

  • एन्फा कम्प्लेक्समा स्म्पन्न खेलमा आरसी३२ ले भर्सिटी एफसीलाई ८–० को फराकिलो अन्तरले हरायो ।

शहिद स्मारक सी डिभिजन लिग छनौटतर्फ सुर्खेतको टोली आरसी ३२ एकेडेमीले फराकिलो जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा स्म्पन्न खेलमा आरसी३२ ले भर्सिटी एफसीलाई ८–० को फराकिलो अन्तरले हरायो ।

त्यस्तै शुक्रबार एन्फा कम्प्लेक्स मै सम्पन्न भएको अर्को खेलमा मेहलकुना एफसी र वेस्ट काठमाडौं एफसीले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे ।

अखिल नेपाल फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा देशभरिका ७८ टोलीहरुले सहभागिता जनाईरहेका छन् । छनौट प्रतियोगिताबाट कुल ३ टोलीहरु सी डिभिजनमा बढुवा हुनेछन् ।

सम्बन्धित खबर