नोभेम्बरमा मलेसियामा हुने महिला टी २० विश्वकप एशिया क्षेत्रीय छनाेटटका पहिलो चरणमा नेपाली क्रिकेट संघ क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले महिला टिमको तयारीको मिती नतोकेपनि चाँडै गर्ने बताइएको छ । यस्तैमा क्यानले महिला टिमको दोस्रो चरणको तयारी दाङमा गराउने योजना बनाएको छ । जसका लागि दाङको लमही मैदान तयारी पारिदैछ ।
पहिलो चरणको प्रशिक्षण कीर्तिपुर मैदानमा नै गराउने क्यानको योजना छ । क्यानले महिला टिमको मुख्य प्रशिक्षकको जिम्मा पुरुष टिमलाई एकदिवसिय मान्यता दिलाउँदाका प्रशिक्षक जगत टमाटालाई दिएको छ ।
पहिलो चरणबाट दोस्रो चरणका लागि छनाेट भएका खेलाडीको तयारी भने लमही क्रिकेट मैदानमा गर्ने योजना रहेको क्यान स्रोतले बताएका छन् । महिला टिमको प्रशिक्षणका लागि लमही क्रिकेट मैदान तयार पारिन थालेको स्रोतको भनाई छ । यसपटकको महिला टिममा बिनु बुढामगरले कमब्याक गरेकी छिन । क्यानले मेयर्स कप र पीएम कपमा गरेको प्रदर्शनका आधारमा २४ खेलाडीलाई बोलाएको हो ।
अहिलेसम्मको तालिका अनुसार मलेसियामा हुने छन्ोट नोभेम्बर २२ देखि २८ सम्म हुनेछ । जसमा नेपालसहित भुटान, चीन, कुवेत, हङकङ, मलेसिया र युएई खेल्नेछन् ।
यो प्रतियोगिताको शिर्ष स्थानमा रहने टिमले ग्लोबल छन्ोटमा स्थान बनाउनेछ । सो प्रतियोगितामा शिर्ष दुईमा रहने टिमले टी २० विश्वकपमा स्थान बनाउनेछन् ।
नेपाली महिला टिमले घरेलु मैदानमा भएको दक्षिण एशियाली खेलकुद सागपनि कुनैपनि अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन । यो प्रतियोगिताका लागि क्यानले बढि समय प्रशिक्षणमा राख्ने योजना बनाएको छ ।
क्यानले क्याम्पमा बोलाएका खेलाडी
रुवीना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्याती पाण्डे, बिनु बुढामगर, करुणा भण्डारी र सरिता मगर छन् ।