स्पेनिस ला लिगा अन्तर्गत आज तीन वटा खेल हुने छन् । नेपाली समय अनुसार राति पौने ९ बजे रियल सोसिडाड र रायो भाल्कानो आमने सामने हुने छन् ।
दुवै टिमले पहिलो खेलमा हार व्यहोरेकाले पहिलो तीन अंकका खोजिमा हुने छन् । रियल सोसिडान बार्सिलोनासँग पराजित भएको थियो भने भालकानो सेभिल्लासँग पराजित भएको थियो ।
यसैगरी राति सवा ११ बजे एट्लेटिको मड्रिड र एल्च आमने सामने हुने छन् । एट्लेटिको मड्रिड लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा एल्चले भने पहिलो तीन अंकका खोजिमा हुने छ ।
एट्लेटिको मड्रिडले पहिलो खेलमा सेल्टा डि भिगोलाई पराजित गरेको थियो । उता एल्चले भने एट्लेटिकसँग गोलरहित बराबरी खेल्दै एक अंक लिएको थियो ।
राति पौने २ बजे लेभान्टेले रियल मड्रिडलाई आफ्नै मैदानमा स्वागत गर्ने छ । रियल मड्रिड लगातार दुई खेल जित्दै तालिकामा ६ अंक बनाउने लक्ष्यमा हुने छ भने लेभान्टे भने तीन अंक थप्ने लक्ष्यमा हुने छ ।
रियलले डिपोर्टिभो एलाभेसलाई फराकिलो अन्तरले पराजित गर्दा लेभान्टे कार्डिजसँग पहिलो खेलमा एक एकको बराबरीमा रोकिएको थियो ।