टोकियो ओलम्पिकमा अष्ट्रेलियन खेलाडीद्वारा भिलेजमा तोडफोड

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-१९
  • |
  • 1152 पटक हेरिएको

हाइलाइट्स


  • खेलाडीहरुले ओलम्पिक भिलेज छोड्दा बेडहरुमा क्षती पुर्याएको र भित्तामा प्वाल पारेर गएको बताइएको छ । 

टोकियो ओलम्पिकमा सहभागि भएका अष्ट्रेलियन खेलाडीले भिलेज छोड्दा तोडफोड गरेर गएको बताइएको छ ।

खेलाडीहरुले ओलम्पिक भिलेज छोड्दा बेडहरुमा क्षती पुर्याएको र भित्तामा प्वाल पारेर गएको बताइएको छ । 

ओलम्पिक खेल्न गएका केहि खेलाडीले गरेको सो असह्य ब्यवहारले टोकियो आयोजकले खेद ब्यक्त गरेको छ ।

तर अष्ट्रेलिया टिममा लिडर इयान चेस्टेरमनले खेलाडीले माफि मागिसकेको र कुनैपनि कारवाही नहुने प्रष्ट पारेका छन । 

उनले भिलेजमा भएको क्षती सामान्य भएको र त्यसले ठूलो नोक्सानी नभएको बताए । उनले क्षती गर्ने खेलाडीको नाम भने भनेनन् । 

उनले उल्टो आफ्ना खेलाडीको बचाउ गर्दै केहि युवा खेलाडीले जोसले त्यो गरेको हुनसक्ने बताएका छन । 

यता रग्वी अष्ट्रेलियाले भने आफ्नो तरिकाले अनुसन्धान सुरु गरेको बताएको छ । अष्ट्रेलियाको रग्वी टिम ओलम्पिकको क्वाटरफाइनलमा पुगेको थियो ।

पुरुष फुटबल टिम भने समुह चरणबाट बाहिरीएको थियो । महिला टिम भने अझैपनि प्रतियोगितामा रहेको छ । उसले काश्य पदकका लागि खेल्न बाँकी छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey